यस ब्लगमा रहेका सबै सामाग्रीहरूको निम्ति बाइबलका पदहरू जीवन-मार्ग प्रकाशनद्वारा प्रकाशित टि.बि.एस नेपाली पवित्र बाइबलबाट प्रयोग गरिएको हुँदा पाठकहरूले पनि अलमल नहुनको निम्ति सोही बाइबललाई प्रयोग गर्न सुझाव दिइन्छ।

All KJV Bible verses reference tagger supports on every verses of all English articles on this blog.

मेरो बारेमा

मेरो नाम बिजय प्रधान हो। म कलभरी बाइबल ब्यापष्टिष्ट चर्च काठ्माण्डौं, नेपालमा पाष्टरीय सेवाकार्य गर्दैछु। म कलभरी बाइबल ब्यापष्टिष्ट चर्च अन्तर्गतको सेवाकार्य "होप ब्याप्टिष्ट बाइबल तालिम" मा सिकाउने पनि गर्दछु। परमेश्वरको वोलावट र उहाँले दिनुभएको आत्मिक दानको प्रयोग गर्दै म यस सेवाकार्यमा आनन्द मनाउँदैछु। यो ब्लगको एउटै उद्देश्य बाइबलको सत्यतालाई पाठकहरूका सामु प्रस्तुत गर्ने हो। यहाँ राखिएका कुनै पनि सामाग्रीहरू मेरो व्यक्तिगत विचारहरू होइनन् तर परमेश्वरको वचनको गहन अध्ययन पछि मैले सिकेको सत्यताहरू हुन्। निश्चयनै बाइबललाई मानिसहरूले आ-आफ्नै विचार र तर्कहरूद्वारा पुष्टि गर्न खोज्छन् तर बाइबलका कुराहरूलाई बाइबलले नै पुष्टि गर्न दिनुपर्छ। म कुनै इतिहासकार, भुगोविद, पुरातत्वविद, डाक्टर वा वैज्ञानिक होइन तर यस ब्लगमा प्रकाशित कतिपय लेखहरू विभिन्न क्षेत्रमा कार्यरत विद्वानहरूको बाइबलसम्मत निष्कर्षहरूको संकलन हो। म आफैले बाइबलद्वारा ति निष्कर्षहरूको जाँच गर्दा ठीक पाएको छु। म प्रार्थना र विश्वास गर्दछु कि यस ब्लगबाट तपाईंहरूले पक्कै आशिष प्राप्त गर्नुहुनेछ। धन्यवाद।

"परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई परिवर्तन गर्ने;
परमप्रभुको साक्षी पक्का छ; बोधालाई बुद्धिमान् तुल्याउने।
परमप्रभुका नियमहरू सही छन्, हृदयलाई आनन्दित गराउने;
परमप्रभुको आज्ञा शुद्ध छ, आँखाहरूलाई ज्योतिर्मय पार्ने।
परमप्रभुको भय सफा छ, सदा रहिरहने;
परमप्रभुको न्याय-वचनहरू पूर्णतया सत्य र धर्ममय छन्।
सुनभन्दा बढी, अँ धेरै निखुर सुनभन्दा बढी तिनीहरूको चाहना गरिनुपर्छ;
ती महभन्दा, अँ महको चाकाभन्दा पनि मीठा छन्।"
(भजनसंग्रह १९:७-१०)

सधैं उहाँकै सेवामा,
बिजय प्रधान